चितवन, ११ वैशाख
चितवन क्षेत्र नं २ को पहिलो प्रारम्भिक मतपरिणामअनुसार नेकपा (एमाले)ले अग्रता लिएको छ । इच्छाकामना गाउँपालिका वडा नं १ को नौ सय ७१ मत गन्दा एमालेका रामप्रसाद न्यौपानेले तीन सय ६७, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले तीन सय १९ र नेपाली कांग्रेसका जीतनाराण श्रेष्ठले दुई सय ४४ मत प्राप्त गर्नुभएको छ । इच्छाकामनाको अन्य वडाको मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ । —


प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










