काठमाडौँ, २५ वैशाख
उपसभामुख इन्दिरा रानाले महिला हिंसा विरुद्धको आवाज महिला हिंसा निवारणका लागि प्रतिनिधित्व गर्ने हुनाले निरन्तर बुलन्द गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित महिला हिंसा निवारणका लागि नीतिगत प्रभाव पार्ने शैक्षिक प्रतिष्ठानसँगको अन्तक्र्रिया कार्यक्रममा उपसभामुख रानाले महिला हिंसा महिलाको मात्र समस्या नभई सामाजिक समस्या रहेकाले सबै पक्ष एकजुट भएर आवाज उठाएमा मात्र समस्या समाधान हुने बताउनुभयो ।

“सबै एकजुट भएमा मात्र महिला हिंसा निवारणमा टेवा पुग्छ । हिंसा विरुद्धमा चर्किएका आवाज निरन्तर रुपमा बुलन्द गरिरहनुपर्छ”, उहाँले भन्नुभयो ।
उपसभामुख रानाले महिलाका अधिकारका लागि अठोट भएर लाग्नुपर्ने बताउनुभयो । आफूले अधिकारका लागि आवाज उठाउँदा सेवा सुविधा नपुगेर माग गरेको गलत प्रसारणप्रति उहाँले गुनासो व्यक्त गर्नुभयो ।

कार्यक्रममा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिला हिंसा निवारणमा मानसिकता परिवर्तन गरी व्यवहार सङ्गत हुन जरुरी रहेको बताउनुभयो । “जबसम्म व्यवहार परिवर्तन गर्न सक्दैनाँै, तबसम्म नीतिगत व्यवस्थाले प्रभावकारी भूमिका निर्वाह गर्न सक्दैन । तसर्थ कुसंस्कार संस्कृति परिवर्तनका लागि निरन्तर प्रयासले पनि सफलता परिवर्तन गर्न कठिनाइ परेको छ”, उहाँले भन्नुभयो । शैक्षिक क्षेत्रबाट महिला हिंसा निवारणमा महत्वपूर्ण भूमिका पुग्ने अध्यक्ष पराजुलीको भनाइ छ ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ