काठमाडौं महानगरपालिका अगाडीको सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।

यो सडकले दरबारमार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक हिजो बेलुका ७ बजे नै भासिएको महानगर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त सडक भासिएपछि रातिदेखि नै आवागमन प्रभावित भएको छ। अहिले उक्त सडकखण्ड बन्द गरिएको ट्राफिक प्रहरीले बताएको छ।

उक्त सडक केही दिनअघि पनि भासिएको थियो। तर सडक विभागले राम्रो संग मर्मत सम्भार नगरि हेलचेक्राई गरिरहेको थियो ।

दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो । यो सडक एकतर्फी छ । प्रहरीले घेरा हालेर राखेका छन् भने हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको छ ।

यो बाटो सडक विभागअन्तर्गत पर्दछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ