चाडबाडका अवधिमा हुने सार्वजनिक यात्रालाई व्यवस्थित र सुरक्षित गराउन सबै यात्रुले अनिवार्य टिकट लिनु पर्ने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको बैठकले सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले अनिवार्य टिकट लिएर मात्र यात्रा गर्नुपर्ने निर्णय गरेको छ ।

टिकट काउन्टरबाट समेत यात्रुको परिचय खुल्ने विवरण सहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने निर्णय मंगलबारको बैठकले गरेको छ । अनधिकृत काउन्टर, परिचय पत्र, पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कामलाई पूर्ण निर्णय गर्ने/गराउने निर्णय समेत गरिएको छ ।

यात्रुका लागि आवश्यक सवारी साधनको व्यवस्था यातायात व्यवसायीले मिलाउने निर्णय समेत बैठकले गरेको छ । बैठकले सवारी चालकले यात्रुलाई खाना/खाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था मिलाउनु पर्ने निर्णय समेत गरिएको छ । सार्वजनिक यातायातमा यात्रुले समेत मादक पदार्थ सेवन (मापसे) गरी यात्रा गर्न पाउने छैनन् । घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ । १२ असोजदेखि अग्रिम बुकिङ खुलाउने निर्णय गर्दै घटस्थापनादेखि रुट परमिट खुला गर्ने निर्णय समेत गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ