नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति र शपथ ग्रहण आज हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ ।

शपथ ग्रहण कार्यक्रम आज दिउँसो साढे १ बजे निर्धारण गरिएको छ । अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो । उनी साढे एक वर्ष प्रधानन्यायाधीश रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ