चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङमा समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका छन्। चिनियाँ प्रधानमन्त्रीसँगको ४५ मिनेटको वार्तापछि दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। बेइजिङमा उनले समकक्षीसहित तीन जना उच्चस्तरीय चिनियाँ नेताहरूसँग दुई पक्षीय भेटघाट गर्ने तालिका छ। बेइजिङको उत्तरपश्चिममा रहेको त्याओ युथाइ (नेपाली उच्चारण अनुसार दिआओ यु ताइ) राज्य गेष्टहाउसमा रहेका प्रधानमन्त्री ओली चिनियाँ समय अनुसार मंगलबार बिहान १०:१० बजे जनबृहत सभा भवनमा प्रस्थान गरेका थिए। जनबृहत सभा भवनमा चिनियाँ प्रधानमन्त्री ली छ्याङले समकक्षी ओलीसहित प्रतिनिधिमण्डललाई स्वागत गरेका छन्।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीबीच आज ८ बुँदै सहमतिपत्रमा हस्ताक्षर भएको हो ।


प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










