मनोहरा जेसीज बर्ष २०२५को शाखा अध्यक्षमा उमेश भट्टराई निर्वाचित भएका छन् । नेपाल जेसीज वर्ष २०२५ को राष्ट्यि अध्यक्षमा रजनी थापालई जिताएको शाखा मनोहरा जेसीजको अवको अध्यक्ष को होला भनेर युवाहरुको चासो रहेकामा हिजो सम्पन्न दशौ वार्षिक साधारण सभा तथा नवौँ अधिवेशन बाट बर्ष २०२५का लागि शाखा अध्यक्षमा उमेश भट्टराई सर्वसम्वत् निर्वाचित भएका छन् ।
२०२४ का अध्यक्ष अस्मिता बोहराको अध्यक्षतामा सम्पन्न बार्षिक साधारण सभाले अध्यक्ष संगै दुई जना कार्यकारिणी उपाध्यक्ष, चार जना उपाध्यक्ष, एक जना सचिव र एक जना तालिम आयुक्त निर्वाचित गर्नुका साथै बर्ष २०२५ का लागि कानुनी सल्लाहकार, महासचिव तथा कोषाध्यक्ष मनोनित गरेको निर्वतमान अध्यक्ष सुजिन प्रकास थापाले जानकारी गराए ।


मनोहरा जेसीजले कागेस्वरी मनोहरा नगरपालिका भित्रका युवाहरुको नेतृत्व र ब्यक्तित्व बिकास गर्ने बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । उत्कृष्ठ कार्यक्रम गरेको आधारमा नेपाज जेसीज बर्ष २०२४ले ईटहरीमा सम्पन्न महाधिवेशनमा मनोहरा जेसीजलाई सुपर ईफिसेन्सी अवार्डबाट सम्माति गरेको छ ।
जेसीज १८ देखी ४० वर्ष भित्रका उमेर समुहका युवाहरुको नेतृत्व र ब्यक्तित्व विकास गर्ने सस्था हो भने नेपाल भर १८२ वोटा शाखा रहेका छन् । जेसीज विस्वभरी १०९ देशमा सन्जाल फैलिएको युवाहरुको सवैभन्दा ठूलो सामाजिक सस्था हो । साधारण सभामा महासचिव रुपेश खनालले कार्यक्रम संचालन गरेका थिए भने उमेद्धवारहरुलाई पूर्व अध्यक्ष सागर रोक्काले तालिम प्रदान गरेका थिए । निवर्तमान अध्यक्ष सुजिन प्रकास थापाले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएका जानकारी वर्ष २०२५का अध्यक्ष सल्लाहकार मनोज सिंहले बताए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














