मनोहरा जेसीजद्धारा मार्च महिनाको अवसरमा आज नेपाल जेसीज क्षेत्र ग अन्तरगत रहेका बर्ष २०२५ का महिला शाखा अध्यक्ष तथा कागेस्वरी मनोहरा नगरपालिका भित्रका उत्कृष्ठ कार्य गर्ने महिला स्वस्थ्यकर्मीलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा कागेस्वरी मनोहरा नगरपालिका वडा नम्वर १ मा कार्यरत बरिष्ठ अ. हे. व. विन्देस्वरी कुमारी महरालाई सम्मान गरेको हो । कार्यक्रममा विन्देस्वरी कुमारी महरालाई मनोहरा जेसीज उत्कृष्ठ महिला स्वास्थ्यकर्मी २०८१ आवार्ड द्धारा सम्मानित गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मनोहरा जेसीजका संरक्षक तथा कागेस्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले सम्मानित नारी नेतृत्व तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा सुभकामना दिदै नगर प्रमुख कार्कीले नगर भित्रको पनी ग्रामिण क्षेत्र पर्ने १ नम्वर वडाको स्वास्थ्यकर्मीलाई सम्मान गर्ने कार्य मनोहरा जेसीजले सहि र उत्कृष्ठ निर्णय गरेको बताउनुभयो । विस्वका विकसित देशहरुमा समेत कार्यकारी निर्णय गर्ने स्थानमा महिलालाई छेकबार गर्ने कार्य गरेको बर्तमान अवस्थामा नेपाल जेसीजले महिला नेतृत्व प्राप्त गर्नु आफैमा गौरवको विषय भएको र हामी विकसित देशको तुलनामा महिला अधिकार र नारीलाई सम्मान गर्ने कार्यमा उनिहरु भन्दा अग्रस्थानमा रहेको प्रमाणित भएको बताउनु भयो । एक नारी उत्कृष्ठ ब्यवस्थापक र कुशल संचालक हुने हुदा नारीलाई दिएको जिम्मेवारी समाजको उदाहरण बन्ने गरेको बताउनु भयो । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नेपाल जेसीज बर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष कृष्ण सापकोटाले मनोहरा जेसीजले यस बर्ष नेपाल जेसीजका महिला नेतृत्व पठाएर उत्कृष्ठता प्रस्तुत गरेकोमा आज १२ महिना १२ गते १२ बजे समाजमा स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न सम्मानित गर्नुका साथै नारी नेतृत्वलाई सम्मान गरेर अझ सर्वोत्कृष्ठ कार्य गरेको बताउनु भयो ।
कार्यक्रममा मनोहरा जेसीजका सस्थापक अध्यक्ष जगतराज ढुंगाना, नेपाल जेसीज बर्ष २०२५ की राष्ट्रिय उपाध्यक्ष बविता पाण्डेले कार्यक्रम सफलताको शुभकामना प्रदान गर्नुभएको थियो । मनोहरा जेसीज बर्ष २०२५ को ब्यक्तिगत तथा समुदाय तर्फकी कार्यकारीणी उपाध्यक्ष प्रमलिा चापागाईको संयोजकत्वमा तथा मनोहरा जेसीज वर्ष २०२५ का अध्यक्ष उमेश भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अध्यक्ष भट्टराईले मनोहरा जेसीजले यस बर्ष देखी .सुरु गरेको उत्कृष्ठ महिला स्वास्थ्यकर्मी आवार्ड आउदा दिनमा हरेक वर्ष प्रदान गरिने समेत बताउनुभयो । अध्यक्ष भट्टराईले सम्मानित नारी नेतृत्वलाई समाजले बुझ्नेगरी अझ राम्रो कार्यक्रममा लक्षित हुन सुभकामना दिनुभएको थियो । सम्मान कार्यक्रममा मनोहरा जेसीज बर्ष २०२५ का महासचिव सक्षम खड्काले सहजिकरण गर्नु भएको थियो भने नगर भित्रका स्वास्थ्यकमीहरु, मनोहरा जेसीजका पदाधिकारी तथा सदस्य साथै नेपाल जेसीज क्षेत्र ग का बिभिन्न शाखा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














