राष्ट्रिय सभा सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न नेकपा (एमाले) की नेता न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन्।
एमालेकै प्रतिनिधि सभा सांसद राजकुमार गुप्ता यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए। गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए। ७८ लाख रुपैयाँ घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ताले राजीनामा दिएका थिए।


रिक्त स्थानमा प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई मन्त्री नियुक्त गरिएको हो। ‘नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राष्ट्रपतिज्यूले तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














