पर्सामा वीरगञ्ज महानगरपालिकापछि पोखरियामा  पनि हैजा संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार मंगलबार तीन जनामा हैजा संक्रमण पुष्टि भएको हो । झाडापखला लागेर अस्पताल आएका एक बालक र दुई जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

तीन जना मध्ये एक जनालाई थप उपचारका लागि वीरगञ्ज लगिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार हैजाको संक्रमण पुष्टि भएका तीनै जना बिरामी वीरगञ्जमा बस्दै आएका र केही दिन अघि मात्रै उनीहरू पोखरीया आएका थिए ।अस्पतालमा दैनिक सात जना भन्दा बढी झाडापखलाका बिरामी उपचारका लागि अस्पताल आउने गरेको अस्पतालले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार बिहानसम्म झाडापखला र हैजाका २२७ जना बिरामी निको भएर घर फर्किएका छन् । शुक्रबारयता ४९३ जना झाडापखलाका बिरामी उपचारका लागि वीरगञ्जका विभिन्न अस्पतालमा भर्ना भएका थिए । महाशाखाका अनुसार ३८ जना आईसीयूमा र ३ जना  बिरामी एचडीसीयूमा उपचाररत छन् ।

वीरगञ्ज महानगरपालिकामा हैजा संक्रमितको संख्या ११५ पुगेको छ । मंगलबार साँझदेखि बुधबार बिहान १० बजेसम्म थप १ जनामा हैजा संक्रमण पुष्टि भएको हो । मंगलबार साँझसम्म ११४ जनामा हैजा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ