काठमाडौंको जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले गरेको आन्दोलन बानेश्वरमा पुगेको छ। सोमबार बिहान ९ बजेदेखि सुरू भएको आन्दोलन अहिले बानेश्वरमा पुगेको हो। यसैबीच निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हवाइ फायर गरेको छ। भीड अनियन्त्रित हुन खोजेपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ।
प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।


जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो। माइतीघरबाट उनीहरूले ‘गाउँ-गाउँबाट उठ बस्ती-बस्तीबाट उठ’, ‘जाग लम्क चम्क है नौजवान हो’, ‘यो नेपाली शीर उचाली’ जस्ता देशप्रेमले ओतप्रोत भएका गीतहरू बजाएर सँगसँगै गाएका थिए।

प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














