२०८२ कार्तिक १५ गते शनिबार


कार्तिक शुक्लपक्ष हरिबोधनी एकादशी तिथी राती २ / ५६ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथि आरम्भ साथै यो दिन तुलसीको विवाह र भिष्मपञ्चकारम्भहुने भएकोले हरिबोधिनी एकादशीको व्रत महिमा ,कसको पूजा गर्ने ,कसरि गर्ने ,के फलप्राप्त हुन्छ ,बुझ्नु पर्दछ ! तावद्गर्जन्ति तिर्थानी ह्यासमुद्रं सरांसि च। यावत् प्रबोधिनी विष्णोस्तिथिर्नाssयाति कार्त्तिकी।। अर्थात् समुद्रसम्मका सारा तिर्थहरु र पुण्यदायी तलाउहरु तबसम्म गर्जनछन् ,जबसम्म कार्तिकमा बिष्णु जागाहुने उहाँको तिथि हरिबोधनी एकादशी आउँदैन।
व्रत भनेको “व्रीयते ,स्विकृयते जनै :यत् तत् व्रतम् “अर्थात् जसलाई भित्री हृदयदेखि नै लिइन्छ वा स्वीकार गरिन्छ त्यो नै व्रत हो। त्यसैले यस्तो व्रतको दिन भरसक खानुहुँदैन। “न भोक्तव्यं न भोक्तव्यं हरेर्दिने – हरेर्दिने”अर्थात् हरिको दिनमा नखाउ नखाउ भनेको छ। सकिन्छ नखानी ,सकिंदैन एक छाक खाएर व्रत बस्ने गर्नुपर्दछ। एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ- १ , स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी। कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी।।
न गङ्गा न गया राजन् न च काशी च पुष्करम्। न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात्।। अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो। हे राजन् ! गङ्गा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना हरिदिवस अर्थात् एकादशीका साथमा हुन सक्दैन। यस श्लोकमा उल्लेख गरिएका गङ्गा नदी र अन्य तीर्थक्षेत्र हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ।व्रत भनेको “व्रीयते ,स्विकृयते जनै :यत् तत् व्रतम् “अर्थात् जसलाई भित्री हृदयदेखि नै लिइन्छ वा स्वीकार गरिन्छ त्यो नै व्रत हो। त्यसैले यस्तो व्रतको दिन भरसक खानुहुँदैन। “न भोक्तव्यं न भोक्तव्यं हरेर्दिने – हरेर्दिने”अर्थात् हरिको दिनमा नखाउ नखाउ भनेको छ। सकिन्छ नखानी ,सकिंदैन एक छाक खाएर व्रत बस्ने गर्नुपर्दछ। एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ- १ , स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी। कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी।
। न गङ्गा न गया राजन् न च काशी च पुष्करम्। न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात्।। अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो। हे राजन् ! गङ्गा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना हरिदिवस अर्थात् एकादशीका साथमा हुन सक्दैन। यस श्लोकमा उल्लेख गरिएका गङ्गा नदी र अन्य तीर्थक्षेत्र हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ।
यसलाई ठूली एकादशीको रूपमा पनि मान्ने गरिन्छ। ठूली एकादशीका गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन्। तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ। यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने नेपाली चलन छ। एक पटक भगवान नारायणसित लक्ष्मीले भनीन- ‘हे नाथ! अब हजुर दिन-रात जागा रहनु हुन्छ र सुत्नुभयो भने पनि लाखौँ-करोडौँ वर्षसम्म सुत्नुहुन्छ तथा त्यस समय समस्त चराचरको नाश पनि गर्नुहुन्छ। अत: हजुर नियमले प्रतिवर्ष आराम गरी निद्रा लिने गर्नुहवस्। यसबाट मैले पनि केही समय विश्राम गर्ने समय प्राप्त गर्नेछु।
’ लक्ष्मीका कुरा सुनेर नारायण मुस्काउनु भयो र भन्नुभयो- ‘देवी’! तिमीले ठीक भन्यौ। म जागा रहेपछि सबै देवता र खासगरी तिमीलाई कष्ट हुन्छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














