काठमाडौँ, ७ मङ्सिरः
पत्रकार दीपेन्द्र खनिया मृत भेटिएका छन् ।


काठमाडौँ महानगरपालिका–१० बानेश्वरनजिक थापागाउँमा उनी बस्दै आएको घरमा पत्रकार खनिया आज मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । घरको चौथो तलाको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । पत्रकार खनिया रेडियो अडियोका सञ्चालक थिए ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










