ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले चुनावबाट फेरि पुरानै शक्तिको उदय भएमा ठूलो दुभाग्र्य हुने बताएका छन् । उज्यालो नेपाल पार्टीको कार्यलय उद्घाटन गर्दै मन्त्री घिसिङले फागुन २१ गतेको निर्वाचनलाई नयाँ शक्ति उदयको प्रस्थानबिन्दु बनाउनुपर्ने तर फेरि पुरानै शक्तिको उदय भएमा ठूलो दुभाग्र्य हुने बताएका हुन् ।
फागुन २१ को चुनावलाई चुनावका रूपमा मात्रै लिन नहुने उनको भनाइ थियो । जेनजी आन्दोलनबाट स्थापित भएको सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने उल्लेख गर्दै उनले देशमा चुनावको माहोल बनिरहेको पनि दाबी गरे । नयाँ सबै शक्ति एकजुट भएर नेपालको समृद्धि, सुशासन, देशभित्रै रोजगारी सिर्जना, सामाजिक न्यायको स्थापनाको लागि अगाडी बढ्नुपर्ने धारणा राखे ।


नयाँ राजनीतिक दल, समूह र व्यक्तिहरू एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । नेपालीको चाहनाअनुसार नयाँ शक्ति एकठाउँमा आउने गरी प्रयास भइरहेको उनले जानकारी दिर्दै अहिले देशमा चुनावको माहोल बढिरहेको छ । जेन–जी आन्दोलनबाट जुन सरकार स्थापित भएको छ । आजको परिस्थिति जुन हिसाबले बनेको छ, यो सरकारले फागुन २१ मा चुनाव गर्ने हो । फागुन २१ को चुनावलाई चुनावका पमा मात्रै होइन, नयाँ शक्तिहरूको उदयको प्रस्थानबिन्दु हुने बताएका हुन् ।
“जेनजी आन्दोलनको ‘स्प्रिड’ देशमा सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने, देशको समृद्धिका लागि अगाडि बढ्ने जुन स्प्रिडमा जेनजी आन्दोलन भयो, यसको रिजल्ट राम्रो आएन, फेरि पनि त्यही स्थितिमा देश फर्कियो भने त्यो भन्दा ठूलो दुर्भाग्य केही पनि हुँदैन,” उनले भने । उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका उनले स्थापनाको छोटो समयमा नै पार्टीले देशभर तरंग ल्याएको पनि दाबी गरे ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














