काठमाडौँ, ९ माघ


: नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले राख्नुभएको उक्त प्रस्तावलाई बैठकले पारित गरेको हो ।
उपसभापति शर्माले आगामी फागुन २१ मा हुने आमनिर्वाचनमा काँग्रेस अबको प्रधानमन्त्री प्रस्तावित गरेर मैदानमा जान लागेको बताउनुभयो । “केन्द्रीय समितिको बैठकबाट सभापति गगन थापालाई अबको प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने संस्थागत निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो ।
कांग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै जनताको चाहना र भावनाअनुरूप निर्वाचनमा होमिने निर्णय गरेको छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














