काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’का कारण कम्तीमा सात जनाको मृत्यु भएको छ । चक्रवातले घर, सडक, विद्युत् संरचना र कृषि बालीमा व्यापक क्षति पुर्याएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशमा मात्रै एक लाख ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।



एसोसिएटेड प्रेस (एपी) का अनुसार बुधबार बिहान भारतको पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवात सुरुमा ‘अति शक्तिशाली चक्रवाती आँधी’ को अवस्थामा थियो । स्थलभागतर्फ अघि बढ्दै जाँदा यसको शक्ति घटेर ‘शक्तिशाली चक्रवाती आँधी’ मा सीमित भएको भारतको मौसम विज्ञान विभागले जनाएको छआन्ध्र प्रदेशको विपद् व्यवस्थापन निकायका अधिकारीहरूका अनुसार बुधबार बिहानसम्म हावाको गति प्रतिघण्टा १३५ किलोमिटर पुगेको थियो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














