काठमाडौँ, ९ फागुन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशबाट भएका कामलाई सुनाउँदै गोरखा क्षेत्र नं २ मा कांग्रेसको पक्षमा भोट मागिरहनुभएको छ ।
‘
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशबाट भएका कामलाई सुनाउँदै गोरखा क्षेत्र नं २ मा कांग्रेसको पक्षमा भोट मागिरहनुभएको छ । निर्वाचन आयोगबाट अनुमती लिएर गृहजिल्ला गोरखाका चुनावी कार्यक्रमा सहभागी हुनुभएका मुख्यमन्त्री पाण्डेले कांग्रेसले गरेका काम देखाएर भोट मागिरहनुभएको हो । मुख्यमन्त्री पाण्डेले दुईवटा रेकर्ड फाइलमा प्रदेश सरकारले विगत ३ वर्षमा ल्याएको बजेटको फेहरिस्त सुनाउँदै भोट माग्नुभएको हो । ‘प्रदेश सरकारको रातो किताबमा गोरखा जिल्लामा विनियोजन गरेको बजेटको एक–एक हिसाब मसँग छ’ सूची देखाउँदै मुख्यमन्त्री पाण्डे भन्नुभयो, ‘तपाईँहरूको सबै माग पूरा भयो त म भन्दिनँ, तर धेरै भएको छ ।
उहाँले गोरखामा मात्र नभई प्रदेशभर आफ्नो नेतृत्वमा धेरै काम भइरहेको बताउनुभयो । उहाँले गोरखाको विकासका लागि कांग्रेसका उम्मेदवारलाई विजय गराउन आग्रह गर्नुभयो । “सरकार बनाउन कांग्रेसलाई बहुमत चाहिन्छ, समानुपातिकमा पनि रुखमै भोट हाल्नुहोस्,”– उहाँले भन्नुभयो । तत्कालीन समयमा फरक राजनीतिक परिवेशका कारण विगतका दुईवटा निर्वाचनमा गोरखा २ मा कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा रुखमा मतदान गर्न नपाएको स्मरण गर्दै उहाँले भन्नुभयो, “धेरै साथीहरूको रुखमा भोट हाल्न पाइएन भन्ने गुनासो पनि अहिले हटेको छ, नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी उमेदवार हुनुहुन्छ,” । प्रदेश सरकारको नेतृत्व आफू गएपछि आर्थिक वर्ष २०८०÷८१, २०८१÷८२ र २०८२÷८३ मा सडक, खानेपानी, सिंचाइ, सामाजिक, पर्यटन, स्वास्थ्य लगायत सबै क्षेत्रमा विनियोजन गरेको बजेटको विस्तृत विवरण बोकेर मतदाताकहाँ पुगेका उहाँले काम हेरेर कांग्रेसका प्रतिनिधिलाई मत दिन अपिल गर्नुभो । ‘तपाईँले गरेको मतदानबाट मेरा क्रियाकलापका कारण कसैले पनि शिर निहुराएर हिँड्नु परेको छैन, भोलिका दिनमा पनि हिँड्नुपर्ने छैन’ उहाँले थप्नुभयो , ‘त्यही शिर निहुराउन नपर्ने काम हाम्रा उम्मेदवार प्रकाशचन्द्र दवाडीले पनि गर्नुहुनेछ, त्यही विश्वासका साथ रुखमा मतदान गर्नुहोस्,” । गोरखा २ (२) बाट प्रदेश सभामा निर्वाचित मुख्यमन्त्री पाण्डेले आफूले चुनावमा गरेको वाचा पूरा गर्न उन्मुख रहेको बताउँदै भन्नुभयो, ‘निर्वाचन क्षेत्रभित्रका मुख्य–मुख्य सडक बाह्रै महिना गाडी चल्ने बनाउँछु भनेको थिएँ, भएको छ, हुने क्रममा छ । कांग्रेसका उम्मेदवारले जे बोल्छ, त्यो गर्छ भन्ने सन्देश दिँदै उहाँले थप्नुभयो, ‘देशको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ । अहिले देशको अवस्थालाई ठीक दिशा दिन पनि कांग्रेसको नेतृत्वको विकल्प छैन ।’ कांग्रेसका कुनै कार्यकर्ता पनि विचलित हुनुपर्ने कारण नभएको बताउँदै उनले भने, ‘प्रत्येक कांग्रेसका साथीहरू, मतदाताहरू शिर ठाडो गरेर भनौँ ‘हरेक परिवर्तनको नेतृत्व हिजो, आज र भोलि पनि कांग्रेसबाट मात्र सम्भव छ ।’आफूले नेतृत्व गरेको गण्डकी प्रदेश सरकारले सुशासनलाई प्रमुख मुद्दा बनाएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । नेपाली कांग्रेस गोरखा क्षेत्र नं. २ ले आयोजना गरेको पालिका स्तरीय चुनावी सभामा सहभागी हुन फागुन ५ गतेदेखि १० गतेसम्म गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पाण्डे गोरखामा हुनुहुन्छ । नेपाली कांग्रेसले गोरखा २ मा प्रकाशचन्द्र दवाडी र १ मा प्रेम खत्रीलाई उम्मेदवार बनाएको छ । गोरखा १ का अगुवा नेता, कार्यकर्ता र उम्मेदवारसँग पनि उहाँले भेटघाट गरेर चुनावी रणनीतिबारे अन्तरक्रिया गर्नुभएको थियो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














