बेइजिङ, २५ फागुन
इरानमा नयाँ सर्वोच्च नेताको चयनपछि उत्पन्न अन्तर्राष्ट्रिय प्रतिक्रियाका बीच चीनले यो निर्णय पूर्ण रूपमा इरानको आन्तरिक विषय भएको स्पष्ट गरेको छ । बेइजिङले सोमबार इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने बताउँदै नयाँ नेताविरुद्ध हुने कुनै पनि प्रकारको हस्तक्षेप वा लक्षित कारबाहीको विरोध गर्ने जनाएको छ ।


इरानका पूर्व सर्वोच्च नेता अली खामेनी अमेरिकी–इजरायली आक्रमणको पहिलो चरणमा मारिएपछि उहाँका छोरा मोजताबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको थियो। त्यसपछि इजरायली सेनाले खामेनीका ‘कुनै पनि उत्तराधिकारी’ लाई लक्षित गर्न सक्ने चेतावनी दिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि मोजताबा खामेनीलाई ‘हल्का तौलको’ नेता भन्दै आलोचना गर्नुभएको थियो । साथै नयाँ इरानी नेता चयन गर्ने प्रक्रियामा अमेरिकाको पनि भूमिका हुनुपर्ने उहाँको धारणा रहेको टिप्पणी सार्वजनिक भएको थियो ।
यस विषयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले इरानले नयाँ नेता चयन गरेको निर्णय ‘यसको संविधानअनुसार गरिएको आन्तरिक प्रक्रिया’ भएको बताउनुभयो । नयाँ नेताविरुद्ध सम्भावित कारबाहीबारे सोधिएको प्रश्नमा उहाँले चीन अन्य
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














