प्योङयाङ ।

मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गर्ने इरानको निर्णयलाई उत्तर कोरियाले सम्मान गर्ने जनाएको छ । साथै उसले इरानमाथि भएको अमेरिका–इजरायलको आक्रमणलाई अवैध भन्दै कडा निन्दा पनि गरेको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले बुधबार उत्तर कोरियाको विदेश मन्त्रालयका एक प्रवक्तालाई उद्धृत गर्दै इरानी जनताले आफ्नो सर्वोच्च नेता चयन गर्ने अधिकारलाई प्योङयाङले सम्मान गर्ने जनाएको हो ।

मोज्तबा खामेनी इरानका पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका माइला छोरा हुन् । अली खामेनी गत फेब्रुअरी २८ मा युद्धको सुरुवातमै भएको अमेरिका–इजरायलको आक्रमणमा मारिएका थिए । त्यसपछि इरानको एक्सपट्र्सको सभाले मोज्तबा खामेनीलाई इस्लामिक क्रान्तिको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेको घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ