इस्लामाबाद, ३० फागुन (रासस :
पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा आधारित कारबाहीमा ६ जना आतंककारी मारिएका छन्।
प्रहरीका अनुसार उक्त कारबाही लक्की मरवत जिल्लामा गरिएको हो। त्यहाँ आतंककारीहरू लुकेर बसेको विश्वसनीय सूचना प्राप्त भएपछि आतंकवादविरुद्धको विभागले अपरेशन सञ्चालन गरेको बताइएको छ।


छापा मार्ने क्रममा आतंककारीहरूले सुरक्षाकर्मीमाथि गोली चलाएपछि करिब ४० मिनेटसम्म दोहोरो भिडन्त भएको थियो। भिडन्तपछि ६ जना आतंककारी मृत अवस्थामा फेला परेका थिए भने केही अन्य भाग्न सफल भएका थिए।
घटनास्थलबाट सुरक्षा निकायले कलाश्निकोभ राइफल, ह्यान्ड ग्रेनेड तथा एक घरेलु विस्फोटक उपकरण सहित ठूलो मात्रामा हतियार तथा विस्फोटक बरामद गरेको जनाएको छ।
खैबर पख्तूनख्वा प्रहरीका महानिरीक्षक जुल्फिकार हमिदले सफल कारबाहीका लागि आतंकवादविरुद्धको विभागका कर्मचारीहरूको प्रशंसा गर्दै प्रान्तमा उग्रवादी समूहविरुद्ध अभियान जारी रहने बताएका छन्।
यसअघि सोही दिन उक्त जिल्लामा प्रहरीको गाडीलाई लक्षित गरी भएको विस्फोटमा ७ जना प्रहरीकर्मीको मृत्यु भएको थियो।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














