एजेन्सी

तेहरान ।

इरानले एकपटक फेरि दोहोर्‍याएको छ– युद्धको अन्त्य अब इजरायल–अमेरिकाको हातमा नभई तेहरानको हातमा छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का पूर्वकमान्डर तथा एक्सपेडिएन्सी डिस्नर्नमेन्ट काउन्सिलका सचिव मोहसेन रजाईले शनिबार अमेरिका र इजरायललाई यो युद्धबाट बाहिर निस्कन तेहरानको क्षतिको भरपाई गर्नुपर्ने बताएका छन् । उनले युद्ध रोक्नका लागि भविष्यमा आक्रमण नहुने ग्यारेन्टी पनि मागेका छन् ।

इरानका यी सर्त मान्न डोनाल्ड ट्रम्पका लागि सहज हुने छैन, किनकि उनले तेहरानलाई झुकाउने धम्कीदिँदै आएका छन् ।क्ल्यास रिपोर्टका अनुसार रजाईले अमेरिका र इजरायलसँगको लडाईबारे सोधिएको एक प्रश्नको जवाफमा भने, ‘युद्धको अन्त्य हाम्रो हातमा छ । हामी युद्ध अन्त्य गर्नेबारे तब मात्र विचार गर्नेछौं, जब हाम्रा दुई सर्त मानिनेछन् ।रजाईले युद्ध रोक्न दोस्रो सर्त इरानमाथि आक्रमण नहुने ग्यारेन्टीलाई बनाएका छन् । भविष्यमा आफूहरूमाथि आक्रमण नहुने १०० प्रतिशत ग्यारेन्टी पाउनुपर्ने उनको माग छ ।  ‘यो फारसको खाडीबाट अमेरिकाको फिर्तीबिना सम्भव छैन । त्यसैले, हाम्रो युद्ध रोक्ने दोस्रो सर्त फारसी खाडीबाट अमेरिकी सेनाको फिर्ती हो,’ उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ