काठमाडौँ, १० चैत :


उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले शिष्टाचार भेट गर्नुभएको छ ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय पुगेर उहाँहरूले उपराष्ट्रपति यादवसँग आज सामूहिक भेट गर्नुभएको हो । भेटमा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबीच शुभकामना आदान–प्रदानपश्चात देशको वर्तमान परिस्थिति तथा समसामयिक विषयहरूमा महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














