प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा उनले मध्याह्न १२ः३४ मा शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए । सातवटा शंखबाटगर्दै शपथग्रहण समारोह अघि बढेको थियो भने १०८ जना बटुकहरुद्वारा स्वस्तिवाचन गरिएको थियो । स्वस्तिवाचनलगत्तै १०८ जना भिक्षुहरूले मंगलपाठ गरेका थिए । उनले ईश्वर, देश र जनताका नाममा शपथ लिएका हुन् ।
मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । सोविता गौतमले कानुन मन्त्रालय र शिशिर खनालले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका छन् । सुधन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिँदा विराजभक्त श्रेष्ठले ऊर्जाको नेतृत्व पाएका छन् ।



सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, विक्रम तिमिल्सिना सञ्चारमन्त्री, दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको जिम्मेवारी पाएका छन् । सस्मित पोखरेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिँदा खड्क (गणेश) पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् । गीता चौधरी कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री, सीता वादी महिला, बालबालिका तथा निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














