काठमाडाैँ ।

अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, काठमाडौँमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

बुधबार आयाेगले उनीविरूद्ध ९३ हजार ८५० रुपैयाँ मागदाबी सहित विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे ।

विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस / रिसवत वापत रकम लिई कार्यकक्षमा लुकाई राखेको भन्ने उजुरीका आधारमा टंगालबाट खटिई गएको टोलीले लेखा अधिकृत दाहाललाई रू.१ लाख २० हजार ८५० सहित नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ