काठमाडौँ ।

नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा पार्टीको प्रतिनिधि नपठाई पत्रमार्फत धारणा पठाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पत्रमार्फत धारणा पठाइएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।मिति २०८२/१२/१८ (प.सं. २०८२/८३, च.नं. का/७११/३४९६) मा नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२/१२/१६ को निर्णय बमोजिम “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल” को सदस्यमा नेपाली कांग्रेसको तर्फबाट एक जना प्रतिनिधि मनोनयन गरी विवरण उपलब्ध गराइदिनु भन्ने ब्यहोराको पत्र प्राप्त भई अवगत भयो। संविधान संशोधनपूर्व व्यापक छलफल र सहमति आवश्यक भएकाले सरकारले यस विषयलाई प्राथमिकतामा दिएकोमा नेपाली कांग्रेस स्वागत गर्दछ।  वि.सं. २०७२ सालमा नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको नेपालको संविधान नेपाली जनताले २००७ सालको जनक्रान्ति अघिदेखि विभिन्न सङ्घर्ष, आन्दोलन र संविधानसभा मार्फत नै संविधान निर्माण गर्ने जनआकाङ्क्षा र मागलाई सम्बोधन गर्ने अनवरत प्रयासको ऐतिहासिक उपलब्धि हो। संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू तथा पहिचानका लागि उठेका विभिन्न समुदाय र क्षेत्रका आन्दोलन र समूहबिच तत्कालीन परिस्थितिमा भएको सहमतिका आधारमा एक सम्झौताको दस्ताबेजको रूपमा नेपालको संविधानलाई मूर्त रूप प्रदान गरिएको थियो। नेपाली कांग्रेस त्यसको गौरवपूर्ण स्मरण गर्दछ।अत: लोकतन्त्रलाई परिणाममुखी बनाउन, संविधानलाई थप समावेशी र अधिकारसम्पन्न बनाउन, र यसको गतिशील कार्यान्वयन एवं सुशासन र प्रभावकारी सेवा प्रवाह (Delivery) को लागि कतिपय विषयमा संशोधन आवश्यक छ भन्नेमा पनि हामी प्रस्ट पनि छौँ। सरकारको यस प्रयासमा कांग्रेसले साथ र सहकार्य गर्नेछ

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ