१० भदौ, काठमाडौं ।


त्रिशुली बाढीका कारण रसुवागढी भन्सारका १५ जना कर्मचारी अझै सम्पर्कविहीन छन् । अर्थ मन्त्रालयले दिएको जानकारीअनुसार राति ८ बजेसम्म उनीहरुसँग सम्पर्क हुन नसकेको हो ।
साथै, भन्सार कार्यालयका दुई कर्मचारी घाइते भएको र उनीहरुको काठमाडौँमा उपचार भइरहेको छ । नर्भिक अस्पतालमा उपचाररत नासु धर्मराज शाही र तिलक पराजुलीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेटेका छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










