काठमाडौँ ।


नेपालका पूर्वी तथा मध्य भागमा आज बिहानैदेखि मौसममा बदली भई वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेश लगायत देशका अधिकांश पहाडी तथा हिमाली भू-भागमा अहिले साधारणतया बादल लागेको छ।
विशेषगरी कोशी प्रदेशका केही स्थानहरूमा र मधेश तथा बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। वर्षा गराउने यो मौसमी प्रणाली अहिले पूर्वी दिशातिर सर्ने क्रममा रहेको छ।
महाशाखाका अनुसार चट्याङसहितको वर्षा गराउने बादल कोशी प्रदेशका इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङ लगायतका पूर्वी भू-भागतर्फ अघि बढिरहेको छ। ती क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्। पहाडी भू-भागमा वर्षासँगै चट्याङको जोखिम हुने भएकाले आवश्यक पूर्वतयारी अपनाउन विभागले अनुरोध गरेको छ
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














