काठमाडौ, १ वैशाखः


ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ घर भएका लामा गत चैत २९ गते ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएको थियो । लामाको ललितपुर ग्वार्कोस्थित ‘बी एण्ड बी’ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














