काठमाडौँ ।

गृहमन्त्री सुधन गुरुङले आफूले सुरु गरेको हाइप्रोफाइल पक्राउ शृङ्खलामा अदालतले ब्रेक लगाइदिएपछि असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबार मन्त्रालयमा पत्रकारहरूले उनलाई प्रश्न गरे, ‘तपाईँको रफ्तार स्लो डाउन भएको हो ?‘जवाफमा मन्त्री गुरुङले हाँस्दै भने, ‘खोइ त, अदालतले छाड्ने रहेछ ।’गृह मन्त्रालयमा पत्रकारहरूसँग पहिलोपटक छलफल गरेका मन्त्री गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको स्वीकार गरेका छन् । उनले भने, ‘रातभर नसुतीकन पक्राउ गरेका थियौँ, अन्त्यमा के भयो तपाईँहरूलाई थाहै छ ।’ गुरुङले थपे, ‘त्यसमा अलिकति तयारी गर्नुपर्ने रहेछ भन्ने मैले महसुस गरेको छु ।’उनले भने, ‘छोड्दिन म, जतिसुकै ठुला भएपनि छोड्दिनँ ।’ प्रहरीले पक्राउ गरेको आरोपीलाई न्यायालयले छाड्नै नसक्ने गरी प्रमाण सङ्कलन गरेर बुझाउने गरी आफ्नो टिमले काम गरिरहेको उनले बताए । गुरुङले भने, ‘त्यसमा हाम्रो टिमले काम गरिरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ