मोरङ, १४ वैशाख :

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशले आज निर्माण क्षेत्रको समस्या समाधानका लागि ज्ञापनपत्र बुझाएको छ ।

मुख्यमन्त्री कार्कीसहित प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनवारलाई महासङ्घका प्रदेश अध्यक्ष जनसेवक भण्डारीसहितको टोलीले पेट्रोलियम पदार्थलगायत निर्माण उद्योगलाई आवश्यक सामग्रीको मूल्य वृद्धिअनुसार मूल्य समायोजन एवं म्याद थपका लागि ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

टोलीले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्री सुनुवारसँग अलगअलग भेट गरेर ज्ञापनपत्र बुझाएको हो । मुख्यमन्त्री कार्कीले ज्ञापनपत्र बुझ्दै ज्ञापनपत्र बुझ्दै निर्माण क्षेत्रमा देखिएको सङ्कटप्रति सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले व्यवसायीहरूले उठाएका विषयलाई प्राथमिकताका साथ अध्ययन गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले निर्माण क्षेत्र एवं पूर्वाधार विकासमा देखिएको सङ्कटले सबै क्षेत्रलाई असर पार्ने धारणा राख्नुभयो । त्यसैगरी भौतिक पूर्वाधार विकासमन्त्री सुनुवारले निर्माण व्यवसायीको माग जायज रहेकाले समस्या समाधानका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ