

काठमाडौँ, १९ वैशाखः
पच्चीस सय सत्तरीऔँ बृद्धजयन्तीका अवसरमा कतारको राजधानी दोहास्थित नेपाली दूतावासमा शुक्रबार एक कार्यक्रम आयोजना गरी शान्तिका प्रवर्तक भगवान् गौतमबुद्धका उपदेशबारे विमर्श गरिएको छ ।
नेपाली दूतावास र गैरआवासीय नेपाली महासङ्घ राष्ट्रिय समन्वय परिषद्द्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईले गौतमबुद्धले देखाउनुभएका अष्टाङ्गमार्ग र शीलको चर्चा गर्दै भौतिक शुद्धिसँगै मानसिक शुद्धि आवश्यक भएको बताउनुभयो ।
उक्त दूतावासका अनुसार लामा गुरु राकेश लो तामाङ, परिषद्का अध्यक्ष कृष्ण पन्थी, कतारस्थित नेपाली महिला समाजकी अध्यक्ष लोकमाया केसी, नेपाली आदिवासी जनजाति महासङ्घका अध्यक्ष राकेश श्रेष्ठलगायतले भगवान् बुद्धका उपदेशको पालनाबाट अलौकिक शान्ति प्राप्त हुने बताउनुभयो ।
–––
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










