बागमती, १९ साउनः बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।


प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उहाँलाई सपथ ग्रहण गराउनुभएको हो । मन्त्री बज्राचार्य हाम्रो नेपाली पार्टीका तर्फबाट सरकारमा सहभागी हुनुभएको हो ।
यसअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बज्राचार्यलाई आजै मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










