पाटन (ललितपुर), २४ साउनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी भएकाले सरकारमाथि प्रश्न गर्ने आफूहरुको जिम्मेवारी भएको बताउनुभयो ।

“जब राष्ट्रिय मुद्दाहरूमा आउँछौँ, जहाँ सरकारसँग सहकार्य गर्नुपर्ने हुन्छ, त्यो बेलामा सबैभन्दा अगाडि प्रमुख प्रतिपक्षी दल सर्नुपर्छ, सँगसँगै हाम्रो अर्को जिम्मेवारी पनि छ, हामी प्रतिपक्ष हौँ, त्यसैले सरकारमाथि प्रश्न गर्ने हाम्रो जिम्मेवारी हो, तीन दल मिलेर सरकार बनाऔँभन्दा हामीले प्रतिपक्षीविहीन प्रदेश सरकारको अस्वीकार गरेका हौँ”, सभापति थापाले भन्नुभयो ।

सभापति थापाले नेपाली कांग्रेस पार्टीभित्र सम्पन्न भएको विशेष महाधिवेशन पूर्ण रूपमा विधानसम्मत, आवश्यक र औचित्यपूर्ण थियो भन्नुभयो ।

“महाधिवेशन सफलतापूर्वक सम्पन्न भएपछि यसले एउटा स्पष्ट निष्कर्ष निकालेको थियो, सोही निष्कर्ष र परिणामलाई लिएर हामी निर्वाचन आयोगमा उपस्थित भयौँ, निर्वाचन आयोगले नेपालको प्रचलित कानुन, निर्वाचनसम्बन्धी नियमहरू र आफ्नै आन्तरिक प्रशासनिक व्यवस्थाअनुसार पार्टीको महाधिवेशनबाट आएको नतिजालाई अध्ययन ग¥यौँ । आयोगले उक्त परिणामलाई आधिकारिक रूपमा स्वीकार गर्दै बुझ्यो र सोहीअनुसार पार्टीको विवरण अद्यावधिक ग¥यो । यससँगै निर्वाचन आयोगको प्रक्रिया पूरा भयो”, सभापति थापाले भन्नुभयो ।

सभापति थापाले महाधिवेशनको प्रक्रिया र परिणामलाई लिएर पार्टीका केही साथीहरूले पूर्ण असहमति व्यक्त गर्नुभएको विषय पुनः अदालतमा प्रवेश गरेको भन्दै यसले थप प्रष्ट पार्ने बताउनुभयो ।

“आयोगको निर्णयमाथि उठेका केही प्रश्नहरूमाथि पुनः एकपटक छलफल होस् भन्ने मनसायका साथ यो विषय पुनः अदालतको प्रक्रियामा पुगेको हो”, उहाँले भन्नुभयो ।

सभापति थापाले १५औँ महाधिवेशनलाई निष्पक्ष बनाउन अग्रजहरूको सम्मान र सबै साथीहरूलाई समान अधिकार दिइनेछ भन्ने जानकारी गराउनुभयो । उहाँले दबाबमा नपरी, पुराना र नयाँ पुस्ताका साथै सबै समावेशी समुदायलाई समेटेर रुख चिन्हप्रति प्रतिवद्ध रही पार्टी एकजुट बनाउनुपर्छ भन्नेमा जोड दिनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’ राजकुमार पराजुली/रासस काभ्रेपलाञ्चोक, ८ भदौः प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४ वर्षदेखि लगातार कन्यालाई देवीका रूपमा मान्दै पूजा गरिँदै आइएको छ । रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई ‘कन्या–पूजा’ नाम दिइएको यस परम्परालाई यस वर्ष पनि निरन्तरता दिन स्थानीय सनातन कन्या–पूजा प्रबन्ध समितिले तयारी थालिसकेको छ । ‘अमूर्त सांस्कृतिक–सम्पदा’ नामकरण गरी वर्षौँदेखि बनेपाली उक्त पूजामा जुट्दै आएका छन् । विसं १९५९ देखि सांस्कृतिक–सम्पदा जोगाउँदै आएकामा गर्व गर्छन् बनेपाली । यस वर्ष यही भदौ १९ गते पूजाको आयोजना गरिएको छ । परम्पराअनुसार बनेपाको पुरानो बजारमा वर्षैँपिच्छे सप्तमी र कृष्ण जन्माष्टमीका दुई दिन पूजा गरिँदै आएको छ । नेवाः कन्या–पूजाको नाममा टिकट दिएर बनेपा नगरपालिका–८ दक्षुटोलमा उक्त पूजा आयोजना गरिन्छ । पूजामा भने बर्सेनि करिब दुई हजारदेखि दुई हजार ५०० कन्या सहभागी हुने गर्दछन् । पछिल्ला वर्षमा यो सङ्ख्या बढ्दै गएको छ । मुख्य पूजा भने सनातन कन्या–पूजा प्रबन्ध समितिमार्फत बनेपामा कन्यालाई ‘सवा–शताब्दी’देखि पुज्दै आइएको हो । नेपालको काभ्रेपलाञ्चोक जिल्लाबाहेक अन्य स्थानमा यस्तो पूजा गरिएको पाइँदैन । रजस्वला नभएका तथा ‘वेल–विवाह’ नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहिआएको छ । यस मान्यताका साथ पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकको विभिन्न बजार तथा बस्तीमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा पुज्ने प्रचलन विस्तार भएको छ । समितिका अनुसार उक्त पूजामा सहभागी हुने करिब आठ हजार कन्याका लागि ३२ हजार स्वारीसहितका सामग्री तयार पारिएको छ । कन्या पुज्नका लागि आवश्यक सामग्री तथा पुज्ने व्यक्तिको तय भइसकेको समितिका सचिव प्रकाश कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार बनेपा आसपास ‘सात गाउँ’का कन्यालाई बनेपामा पूजा गरिँदै आएको परम्परालाई व्यवस्थित गर्न समिति नै गठन गरी निरन्तरता दिइएको छ । कृष्ण जन्माष्टमीको दिनमा गरिने मुख्य कन्या–पूजामा काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्लाबाट बर्सेनि करिब आठदेखि १० हजार हाराहारीमा कन्या सहभागी हुने गर्दछन् । बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । जनविश्वासका कारण कन्यालाई पुज्नेको ठूलो भीड लाग्ने गर्छ । त्यस दिन कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाटसमेत भक्तजन आउने गरेका छन् । कन्या–पूजामा समितिमार्फत १३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाई वितरण गर्दछन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाइदिने प्रचलन छ । बनेपामा हुने कन्या–पूजामा प्रतिकन्या रु ५०० बराबरका सामग्री उपलब्ध गराइन्छ । गत वर्ष पनि करिब आठ हजार कन्याका लागि रु तीन करोडभन्दा बढी खर्च भएको समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले बताउनुभयो । उहाँका अनुसार दाताको सहयोगबाहेकको खर्च समितिका पदाधिकारीले नै व्यहोर्दै आएका छन् । किंवदन्तीअनुसार रजस्वला नभएका र वेलविवाह नगरिएका कन्याको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या र किचकन्या मानवकन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने विश्वास छ । बनेपा सात गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’नै भएकाले कन्यालाई पुज्दै आएको बताइन्छ । कन्याको स्वागत एवं सम्मानमा लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजासमेत बजाउँछन् । भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति या वर्गको आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ । बनेपा नपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्यापूजा सुरु हुने गर्दछ । बनेपाको ऐतिहासिक लेखनअनुसार कुनै समय बनेपाका एक नेवार समुदाय (वैद्य)का व्यक्तिले धेरै दुःख भएपछि घरको बुइँगलमा राखेर कन्यालाई पूजा गरेका थिए । सुरुका वर्षमा नेवार समुदायका रजस्वला नभएका कन्यामात्रै पुजिँदै आएको र केही वर्षपछि सबै जातजातिका कन्यालाई पूजामा सामेल गराइएको स्थानीय बताउँछन् । पछिल्ला केही वर्षदेखि बनेपाका विभिन्न वडा तथा विभिन्न सङ्घसंस्थाले धुलिखेल, पनौती, पाँचखाल, दोलालघाटलगायतका स्थानमा कन्या पूजा आयोजना गर्दै आएका छन् । —

भर्खरै

ट्रेन्डिङ