सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। पोखरास्थित होटल निवासमा आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा Chief Marketing Officer श्री गणेश चौलागाईंको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गण्डकी तथा नारायणी क्षेत्रका विभिन्न शाखा तथा एजेन्सीमा आबद्ध ADM तथा अभिकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा गण्डकी तथा नारायणी क्षेत्रका प्रदेश प्रमुख श्री ईश्वर विकल सापकोटाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै अभिकर्ताको क्षमता, सक्रियता र व्यावसायिक दक्षता अभिवृद्धिका लागि सम्मान तथा प्रोत्साहन कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई समयमै पहिचान गरी सम्मान गर्दा उनीहरूमा थप उत्साह र जिम्मेवारीबोध सिर्जना हुने उल्लेख गर्नुभयो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्यालले अभिकर्ताहरू सन नेपाल लाइफको व्यवसाय विस्तार र ग्राहक सेवाका महत्वपूर्ण आधार रहेको बताउनुभयो। उहाँले कम्पनीको दिगो विकासका लागि अभिकर्ताको क्षमता विकास, पेशागत दक्षता र सक्रियतालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई निरन्तर प्रोत्साहन र सम्मान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, Chief Marketing Officer श्री गणेश चौलागाईंले कम्पनीले अभिकर्ता तथा ADM का लागि उपलब्ध गराउँदै आएका सेवा–सुविधा, ADM को भूमिका तथा जिम्मेवारीका प्रमुख प्रावधानबारे जानकारी गराउनुभयो। उहाँले नयाँ बिक्री नीति तथा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बजार विस्तार, ग्राहक सेवा र व्यवसाय वृद्धिमा थप सक्रिय हुन अभिकर्ताहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा विभिन्न सूचकका आधारमा योग्य ठहरिएका ADM तथा Sun Emerging Club का अभिकर्ताहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको थियो। सम्मान प्राप्त गर्ने अभिकर्ताहरूले कम्पनीको प्रोत्साहनले आफ्नो पेशागत यात्रामा थप ऊर्जा र उत्साह थपिएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रमले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई सम्मान मात्र नभई आगामी दिनमा अझ प्रभावकारी रूपमा व्यवसाय विस्तार गर्ने वातावरण निर्माण गरेको सहभागीहरूको भनाइ थियो। अभिकर्ताबीच स्वस्थ प्रतिस्पर्धा, व्यावसायिक अनुशासन र उत्कृष्ट कार्यसम्पादनको संस्कार विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ।

सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले देशभर करिब १५० शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमासम्बन्धी सेवा तथा जानकारी प्रदान गर्दै आएको छ। कम्पनीले अभिकर्ता तथा एजेन्सी सञ्जाललाई आफ्नो व्यवसाय विस्तारको महत्वपूर्ण आधारका रूपमा अघि बढाउँदै क्षमता अभिवृद्धि, व्यावसायिक विकास, प्रोत्साहन तथा सम्मानका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ