काठमाडौँ। सरकारले दुई सचिवको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सचिवको सरुवा गरेको हो । बैठकले कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरेको छ।



सञ्चार मन्त्रालयका सचिव डा. कमल पोखरेलले केही दिनअघि राजीनामा दिएका थिए । राष्ट्रिय सतर्कता केन्द्रका सचिव विश्वबाबु पुडासैनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवमा सरुवा गरिएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal












