काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको साङ्गठनिक संरचना निर्माण गर्ने क्रममा भोलि (असोज ७) देशैभर एकसाथ पालिका तहको अधिवेशन आयोजना हुन लागेको छ।



यही असोज ३ गते वडा अधिवेशनबाट विधिवत् प्रारम्भ भएको महाधिवेशन प्रक्रियाले स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने महत्त्वपूर्ण चरणमा प्रवेश गरेको हो देशभरका वडाहरूमा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेकाले भोलिको पालिका अधिवेशन पनि सहज, सौहार्दपूर्ण र भव्य रूपमा सम्पन्न हुने विश्वास नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले व्यक्त गरेको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal












