खोटाङ, ११ भदौः भोटेकोशी बाढीका कारण खोटाङका आठ व्यक्ति सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा रसुवा तथा आसपासका जिल्लामा रहेको आठ खोटाङवासी सम्पर्कविहीन भएको जनाएको छ ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी सेनाका लेसनायक पवन खत्री, खाल्लेका सुर्जबहादुर परियार, विजयखर्कका कविन राई, बालकुमार तामाङ, युवराज राई र यसबहादुर राई सम्पर्कविहीन भएका हुन् ।
त्यसैगरी, सोही गाउँपालिका–७ माक्पाका तारानाथ थापा र रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका पुष्प भट्टराई सम्पर्कविहीन हुनुभएको हो ।
विभिन्न पेसा÷व्यवसायको सिलसिलामा रसुवा र नुवाकोटमा रहेको अवस्थामा भोटेकोशीमा बाढी आएपछि उनीहरु परिवारसँग सम्पर्कविहीन भएको जानकारी आफन्तबाट प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिनुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










