१३ भदौ, काठमाडौं ।


रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै बाढीपछि जिल्लामा हालसम्म संकलन भएका २३३ शवमध्ये ८ वटा पहिचान भएको र २२९ वटा शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा रहेको जनाएको छ ।
होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शव तथा शवका अवशेष सडेर–गलेर पहिचान गर्न नसकिने अवस्थामा पुगेको प्रशासनको भनाइ छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










