सिन्धुपाल्चोक, १७ भदौः



बाह्रबिसे नगरपालिकाले भोटेकोशी बाढी पीडितलाई जनही रु एक लाख १५ हजार राहत दिने भएको छ ।
बाह्रबिसेमा स्थायी घर भएका नागरिकको परिवारलाई उक्त राहात प्रदान गरिने भएको हो । बाढीबाट यस नगरपालिकाका ६१ जना नागरिक प्रभावित छन् । तीमध्ये एक जनाको शव फेला परेको छ भने ६० जना बेपत्ता छन् । नगरपालिकाले उक्त राहत विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउन लागेको नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउनुभयो ।
बाढीमा बेपत्ता भएपछि परिवारमा घरको मुख्य आम्दानी गर्ने व्यक्ति नै सम्पर्कविहीन भएकाले परिवारको अवस्था थप कठिन बनेको बस्नेतले जानकारी दिनुभयो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal












