२३ भदौ, पोखरा ।



कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएको खबर आएपछि प्रहरीले आसपासका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार किम्रुङ खोलामा पहिरो खसेर करिब ६ घण्टादेखि खोला थुनिएको जानकारी स्थानीयबाट आएको हो । यसअघि पनि यही खोलामा पहिरो खसेर थुनिएपछि बाढी आएको थियो ।
प्रहरीले नयाँपुल, वीरेठाँटी र आसपासका बस्तीमा माइकिङ गर्दै सम्भावित जोखिमबाट जोगिन र सुरक्षित स्थानमा जान स्थानीयलाई आग्रह गरेको एसपी कार्कीले जानकारी दिए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal












