ऋषिपञ्चमीको अवसरमा स्याङ्जाको आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा मंगलबार बिहान एक महिलाको मृत्यु भएको छ । वालिङ नगरपालिका–९, भूम्रेकी ५३ वर्षीया माया पाण्डे मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मंगलबार बिहान करिब ५ बजे दतिवन खाने क्रममा स्थानीय ५३ वर्षीया माया पाण्डेलाई आँधीखोलाले बगाएको हो। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वालिङबाट प्रहरी नायब उपरीक्षक प्रताप पौडेलको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ।



नेपाली महिलाहरूको विशेष पर्व तीजको दिन एक महिलाको मृत्यु भएको घटना सेलाउन नपाउँदै पञ्चमीकै दिन दतिवन खाने क्रममा अर्की महिलाको आँधीखोलाले बगाएर मृत्यु भएपछि स्याङ्जामा पर्वकै समयमा लगातार दुई महिलाको मृत्यु भएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













