काठमाडौं असोज ७, २०८३
नेपाली कांग्रेसको सदस्य बन्न—— १८ बर्ष उमेर पुगेको हुनुपर्ने बैधानिक प्रावधान सम्बन्धमा नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधन सहित) को धारा ४ को उपधारा १ (क) (१) बमोजिम नेपाली कांंग्रेस सदस्यको योग्यताको लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेको छ । तर नेपाली कांग्रेसको १५ औं महाधिवेशनका क्रममा इलाम जिल्ला माइजोगमाई गाउँपालिका वडा नं. ५ को वडा अधिवेशन मार्फत क्षेत्रीय प्रतिनिधि चुनिएका इलामका सुजल चापागाई १७ वर्ष पूरा गरी १८ वर्ष पुग्न केही महिना बाँकी रहेको विवरण प्राप्त भएको हुँदा नेपाली कांग्रेसको विधान बमोजिम उनको निर्वाचित क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगन गरिएको छ
। आगामी ०८३ माघ १८ गते निजको उमेर १८ बर्ष पुरा हुने नागरिकता विवरण अनुरुप तत्पश्चात मात्रै निजले चाहँदा पार्टी सदस्यता कायम हुने स्पष्ट गरिन्छ । अन्य कुनै जिल्लाका पनि वडा तहमा भएका निर्वाचनहरूमा यस्तै प्रकृतिका उम्मेदवार निर्वाचित भएको पाइएमा निजहरूको सम्बन्धमा पनि यही प्रक्रिया बमोजिम हुने गरि कार्यान्वयन गर्न / गराउन यसै विज्ञप्ति मार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ । जय नेपाल ! राजु कटुवाल सदस्य सचिव



प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal












