नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । आजदेखि सुरु हुने १५औँ राष्ट्रिय महाधिवेशन यही असोज २२ गतेसम्म चल्नेछ । महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदै छन् । खुलामञ्चमा महाधिवेशनको उद्घाटन हुँदै छ । महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक रूपमा निमन्त्रणा गरिएको कांग्रेसले जानकारी दिएको छ ।
कांग्रेसको महाधिवेशन उद्घाटनमा अन्य राजनीतिक दलका शीर्ष नेताहरू पनि सहभागी हुने भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रतिनिधि तथा समर्थकहरू पञ्चेबाजा, झाँकी र र्यालीसहित खुलामञ्च प्रवेश गरिरहेका छन्।



महाधिवेशन उद्घाटनको समय नजिकिँदै जाँदा काठमाडौंका विभिन्न स्थानबाट आएका कांग्रेसका नेता–कार्यकर्ता तथा प्रतिनिधि समूह बनाएर खुलामञ्चतर्फ प्रवेश गरिरहेका छन्। विभिन्न जिल्लाबाट आएका प्रतिनिधिले आ–आफ्नो क्षेत्र र पहिचान झल्काउने झाँकीसमेत प्रदर्शन गरेका छन्। पञ्चेबाजासहितको र्यालीमा सहभागी नेता–कार्यकर्ताले पार्टीका झन्डा तथा विभिन्न नारासहित खुलामञ्चतर्फ प्रवेश गरिरहेका छन्। र्यालीका कारण खुलामञ्च आसपासको क्षेत्रमा कांग्रेसका नेता–कार्यकर्ता तथा समर्थकको चहलपहल बढेको छ।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा हुँदैछ। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि तथा शुभेच्छुक सहभागी हुँदैछन्।महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक, सांगठनिक तथा आर्थिक नीति र कार्यक्रमसमेत तय गर्नेछ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













