काठमाडौँ।



नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको महामन्त्री पदमा निर्वाचित उदय शमशेर राणाले आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
निर्वाचित भएपश्चात् सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रतिनिधिहरूले व्यक्त गरेको विश्वास र सुम्पिएको जिम्मेवारीलाई पार्टी रूपान्तरण, संगठन सुदृढीकरण तथा देशको समृद्धिका लागि इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन्
राणाले यो विजयलाई व्यक्तिगत उपलब्धिका रूपमा भन्दा पनि नेपाली कांग्रेसलाई समयानुकूल, जनउत्तरदायी र सुदृढ बनाउने साझा सङ्कल्पका रूपमा लिएको बताएका छन्।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













