रास्वपाको अनुशासन आयोगले सांसद खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन थालेको छ । पार्टी महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गरी सुनारमाथि लागेको आरोप गम्भीर रहेको उल्लेख गरेका थिए । ‘पार्टीको धारणा आइसकेको छ । अनुशासन आयोग चाहिँ स्वतन्त्र हो । त्यसैले हामीले सबै प्रमाणहरु संकलन गरिरहेका छौं’ रास्वपा अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले अनलाइनखबरसँग भने,’सांसदसँग पनि हामी कुरा गर्न खोजिरहेका छौं । अनि जो महिलाको नाम जोडिएको छ उहाँसँग पनि भेट्ने कोसिसमा छौं ।’

उनले अडियोमा आएका कुरा गम्भीर प्रकृत्तिको रहेको बताए । त्यसैले विषयको गाम्भीर्यतालाई हेरेर छिटो निष्कर्षमा पुग्ने भट्टराईले बताए । ‘हामीले आज बिहानबाटै सबुत प्रमाण संकलन गरिरहेका छौं । तथ्यहरूको सत्यापन परीक्षण गरेपछि निष्कर्ष दिन्छौं’ भट्टराईले भने ।आरोप लागेका व्यक्तिलाई आफ्ना धारणा राख्नु दिनुपर्ने भएकाले सांसद सुनारलाई पनि भेटेर कुरा गर्ने उनले बताए । सुनार भने अहिले काठमाडौं बाहिर छन् ।

सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ । एक महिलालाई धम्याउनुका साथै ब्ल्याक मेलिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धान प्रक्रिया प्रभावित हुन नदिन छानबिनको अवधिभर सुनारलाई कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ