उमेश भट्टराई, काठमाडौं ।

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान बिहान ७ बजेर ९ मिनेटमा किष्ट मेडिकल कलेजमै निधन भएको थियो । २४ दिन अघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको थियो।

सताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि केही समय राखिएको र ललितपुर महानगरपालिका ल्याइएको छ। जोशीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि शव यात्रा गर्दै ललितपुर महानगर ल्याइएको हो। अस्पतालमा केहीबेर राखेपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यहाँ श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समेत आउने कार्यक्रम छ।

अस्पातलमा भने सर्वसाधरणले पनि श्रद्धाञ्जली अर्पण गर्न पाइने अस्पताल प्रशासनले जनाएको छ।

शवलाई जोशीकै इच्छाअनुसार नजलाइने निर्णय भएको छ। बिहान परिवार र अस्पताल प्रशासनबीच भएको छलफलमा उनको शवलाई अस्पतालले संरक्षण गरेर राख्‍ने भएको हो। त्यसपछि अपराह्न चार बजे पुनः अस्पतालमा पुर्याइने छ । जोशीको पार्थिव शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ