काठमाडौँ, ५ फागुन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई तल पार्न खोजिएको टिप्पणी गर्नुभएको छ ।

एमालेले आजदेखि सङ्गठन सुदृढीकरण तथा विस्तार गर्नका लागि सञ्चालन गरेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको पार्टी मुख्यालयबाट भर्चुअलरूपमा उद्घाटन गर्दै उहाँले स्वतन्त्र नेपाल आफैँ उभिन खोज्दा नदिने र मनोवल गिराउन खोजिएको तर्क गर्नुभयो ।

देशभक्त शक्तिलाई समाप्त पार्न र परिवर्तनकारी शक्तिलाई पराजित गर्न खोजिएको भन्दै उहाँले अब राष्ट्रिय राजनीति नयाँ उचाइमा जानेसमेत बताउनुभयो । उहाँले न्यायको पक्षमा चल्न खोज्ने शक्तिलाई कमजोर बनाउन खोजिएको धारणा राख्नुभयो ।

एमाले अध्यक्ष ओलीले आंशिक हिसाबले नेपालको स्वाधिनतालाई दबाउने र खण्डित गर्ने प्रयास गरिएको उहाँको भनाइ थियो । उहाँले सत्ताका लागि घुँडा टेक्ने र देशका लागि योगदान दिन तयार रहने शक्तिबीच लडाइँ भइरहेको धारणा राख्नुभयो ।

अभियानमा एमालेका महासचिव शङ्कर पोखरेलले अभियानले जनताका बीचमा गएर पार्टीलाई व्यवस्थित गरिने बताउनुभयो । उहाँले अभियानका क्रममा पार्टी सदस्यता वितरण, सदस्यता नवीकरण, सङ्गठन विस्तार गर्ने, नवयुवालाई पार्टी प्रवेशजस्ता कार्य गर्ने बताउनुभयो । उहाँले अभियानका क्रममा पार्टीको आन्तरिक एकतालाई पनि बलियो बनाउनुभयो ।

अभियानकै क्रममा एमालेले आज सात प्रदेशमा अभिमुखीकरण कार्यक्रम राखेको छ । अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेता खटिनुहुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ