धनकुटा, ११ फागुन
सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले निजामती ऐन निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभएको छ । धनकुटाको सहिदभूमि गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले ऐन निर्माणका लागि सरकारले ‘टेबुलेसन’को सबै काम सकेको जानकारी दिनुभयो ।
“अब निजामती कर्मचारीहरूको समस्याको समाधान चाँडै हुन्छ”, मन्त्री राईले भन्नुभयो । उहाँले जनताका काम सहज र सम्मानपूर्वक गर्न पनि सबै कर्मचारीलाई निर्देशन दिनुभयो ।


मन्त्री राईसहित धनकुटा प्रदेशसभा (१)का सदस्य निरन राईलाई गाउँपालिका अध्यक्ष मनोज राई र प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले सम्मान गर्नुभएको थियो । छुट्टै भेटमा प्रशासकीय अधिकृत कार्कीले पुरानै निजमती सेवा ऐन, २०४९ अनुसार काम गर्नुपर्दा कर्मचारीको वृत्ति विकास र पेशागत सुरक्षामा समस्या भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










