दोलखा, १९ फागुन
नेपाल सरकारका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अन्त्य गरी देशमा सुशासन स्थापित गर्ने वर्तमान सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ ।
मन्त्रालयका सचिवहरूसँग बैठक गरी प्रत्येक मन्त्रालयले एक महिनामा गर्ने, दुई महिनामा गर्ने, छ महिनामा गर्ने कामको पूर्व तयार पेस गरी सम्पन्न भएपछि प्रगति देखाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्देशन दिएको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।


नेपाल चेम्बर अफ कमर्स दोलखाको आयोजनामा भएको दोलखा महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको अन्त्य गरी देशमा सुशासन स्थापित गर्न मन्त्रालयका सचिवदेखि स्थानीयस्तरका कर्मचारीहरूलाई समेत सचेत गराउने अभियान चलाउने योजना बनाएको प्रस्ट पार्नुभयो ।
महोत्सवमा जिल्लाका विभिन्न जातजातिहरूको प्रतियोगितात्मक झाँकीहरू, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुति, आर्थिक, कृषि, पशु, पर्यटन र जिल्लामा जलविद्युत्को सम्भावनाका बारेमा बहस छलफल सुरु गरिएको छ । महोत्सवमा अपर तामाकोसीको स्थानीयवासीको शेयर अभौतिकीकरण शिविर गर्ने, जिल्लास्तरीय खुल्ला एकल तथा सामूहिक नृत्य प्रतियोगिता हुने, पञ्चेबाजा तथा खैंजडी प्रतियोगिता गरिएको आयोजकले जानकारी दिएका छन् ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










