ओखलढुङ्गा, २२ फागुन
ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ ।
जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उहाँकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । सो घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ ।
–––


प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










